सिमलताल दुर्घटना:  बेपत्ता यात्रु र बसको बिहानैदेखि खोजी सुरु

चितवन | असार ३०, २०८१

सिमलताल दुर्घटना:  बेपत्ता यात्रु र बसको बिहानैदेखि खोजी सुरु

चितवन:     चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बस र त्यसमा रहेका यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।


शुक्रबार र शनिबार सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरीले खोजी गरे पनि तीनजनाको मात्रै शव फेला परेको छ । जसमध्ये दुई जनाको पहिचान खुलेको छ ।


पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साह रहेका छन् ।


बाँकी यात्रु र बसको आज पनि खोजी सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आजबाट ठूलो चुम्बक प्रयोग गरेर बसको खोजी  गरिने छ ।


दुर्घटनास्थलको निरीक्षणका लागि आज गृहसचिव एकनारायण अर्यालसहित केन्द्रीय सुरक्षा प्रमुखहरु सिमलताल पुगेका छन् ।


गत शुक्रबार काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए ।


काठमाडौंबाट गौरका लागि गएका बसमा २७ र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा २४ यात्रु रहेको बताइएको छ ।

पोखरा:   मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।   प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...

थप पढ्नुहोस्

काठमाडौं:  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...

थप पढ्नुहोस्

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

थप पढ्नुहोस्